दोलखामा काँग्रेस र एमालेका कार्यकर्ता वीच झडप

  •  
  •  
  •  
  •  
  •  

दोलखा, ३१ वैशाख । दोलखामा काँग्रेस र एमालेका कार्यकर्ता वीच झडप भएको छ ।  विभिन्न स्थानमा भएको झडपमा परी काँग्रेसका नौ र एमालेका दुई जना घाइते भएका छन् ।

बैतेश्वर गाउँपालिकाको वडा नम्बर २ मा एमालेका कार्यकर्ताको खुकुरी प्रहारबाट आठ जना काँग्रेस कार्यकर्ता घाइते भएका थिए । त्यस्तै तामाकोशी गाउँपालिका वडा नम्बर २ मा एमाले कार्यकर्ताको खुकुरी प्रहारबाट काँग्रेसका अच्युत कार्की गम्भीर घाइते भएका छन । काँग्रेसका कार्यकर्ताको कुटपिटबाट दुई जना एमाले कार्यकर्ता घाइते भएका छन् ।

भडपलाई सामान्य बनाउन प्रहरीले आठ राउण्ड गोली समेत चलाएको थियो ।  त्यसैगरी दोलखाकै क्षेत्रपा मतदान केन्द्रमा पनि एमाले र कांग्रेस कार्यकर्ता विच झडप भएको छ । अहिले सो स्थानमा मतदान अबरुद्ध भएको छ ।  पहिलो चरणको स्थानीय निकाय निर्वाचनमा सबै भन्दा तनावपूर्ण स्थीति दोलखामा देखिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *