स्थानीय तहको निर्वाचनसँगै संविधान कार्यान्वयन र समृद्धिको बाटो खुलेको छ- अध्यक्ष ओली

  •  
  •  
  •  
  •  
  •  

भक्तपुर, ३१ वैशाख । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सूर्यविनायक नगरपलिका–२ बालकोटस्थित महेन्द्र शान्ति मावि मतदान केन्द्रबाट मतदान गरेका छन् ।

उनसँगै आउनुभएकी उहाँकी पत्नी राधिका शाक्यले पनि मतदान गरे । उनले बीस वर्षपछि भएको स्थानीय तहको निर्वाचन महत्वपूर्ण भएको यो निर्वाचनले अरू दुई तहको निर्वाचनको बाटो पनि खुलेको बताए । “स्थानीय तहको निर्वाचनसँगै संविधान कार्यान्वयन एवम् विकास र समृद्धिको बाटो पनि खुलेको छ ”, उनले भने ।

निर्वाचनमा मतदाता उत्साहजनक सहभागी भएकाले पनि देश विकास र अग्रगतिमा जाओस् भन्ने चाहना मतदाताको रहेको उनले बताए । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *