झापाबाट भक्तपुर नामसारी गरेपछि ओलीलाई विश्वप्रकाशको प्रश्न

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ३१ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाबाट भक्तपुर बसाईं सराइ गरेका छन् । सोही आधारमा आइतबार भएको स्थानीय तह निर्वाचनको मतदान पनि उनले भक्तपुरबाटै मतदान गरेका छन् ।

अध्यक्ष ओलीले भक्तपुरबाट मतदान गरेपछि कांग्रेस नेता विश्वप्रकाश शर्माले केही प्रश्न गरेका छन् । उनले अध्यक्ष ओलीलाई केही प्रश्न गरेका छन् ।

अध्यक्ष ओलीलाई विश्वप्रकाशले गरेका प्रश्न जस्ताको तस्तै :

उहाँ मेरो पार्टीको नेता होइन तर मेरो देशको एक अग्रज नेता हुनुन्छ, त्यसैले मैले सदैव सम्मान गरि आएको छु उहाँलाई !

एउटा रास्ट्रीय नेता कुनै एक जिल्लाको मात्रै हुनसक्दैन,
त्यसर्थ उहाँले झापाबाट नामसारी गरेर भक्तपुरमा भोट हालेकोमा मेरो कुनै आपत्ति छैन l

तरपनि एउटा प्रश्न भने भीषण ढंगले मनमा उब्जिएको छ
“केपि कमरेडले झापा किन छोड्नु भयो ??´´

त्यो झापा…,जहाँ संघर्ष गरेर उहाँ उठ्नु भयो,
जहाँ छ `सुखानी´ अनि दौंतरीका सम्झनाहरु,
जहाँ छन् उहाँका लागि जीवन दिनसक्ने एमाले कार्यकर्ता l

त्यो झापा…,जहाँ पवित्र कन्काइ माइ छ,
जहाँ कृष्ण थुम्की र अर्जुनधारा धाम छ,
जहाँ कचनाकवल अनि ऎतिहासिक बिराटपोखर छ l

त्यो झापा…, जहाँ छन् सिरुवा मनाउने राजवंशी,
सेउपाखा भन्ने धिमाल,मेहनती मेचे,संस्कारी सन्थाल
अनि अनेक जाती-भाषि र अनेक धर्मावलम्बीहरु

आदरणीय कमरेड तपाईंले किन छोड्नु भएको झापा ??

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *