बालुवाटारमा राजपाका नेता र प्रधानमन्त्रीबीच छलफल, संविधान संशोधन पारित गराउन पहल गर्ने

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, १ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय जनता पार्टी नेपालका नेताहरूबीच छलफल सम्पन्न भएको छ । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा संविधान संशोधन र स्थानीय तहको निर्वाचनका सन्दर्भमा छलफल भएको थियो ।

बैठकमा व्यवस्थापिका संसदमा प्रस्तुत भएको संविधान संशोधन प्रस्तावलाई दुई तिहाइ मतका साथ पारित गर्ने सन्दर्भमा छलफल भएको थियो ।

साथै, बैठकमा नेताहरूले स्थानीय तहको पहिलो चरणको निर्वाचन उत्साहपूर्ण ढंगले सम्पन्न भएकोमा सन्तोष व्यक्त गरेका थिए । बैठकमा राजपा नेपालका नेताहरू महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी, महेन्द्र राय यादव, अनिलकुमार झा र राजकिशोर यादव संलग्न थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *