यी हुन् विश्वका कुख्यात अर्बपतिहरु

  •  
  •  
  •  
  •  
  •  

एजेन्सी, मानिसहरु संसारमा विभिन्न तरहले पैसा कमाउने गर्छन् । कसैले बैध तरिकाले कमाउँछन् त कसैले अबैध तरिकाले पनि अकुत सम्पत्ति जोड्छन् । बैध भन्दा पनि अबैध तरिकाले मानिसले छिटो सम्पत्ति कमाउने गर्छन् । त्यसको लाभि मानिसहरु अपराधिक क्रियाकलाप गर्न पछि पछि पर्दैनन् । अपराधिक क्रियाकलापबाट पनि केही व्यक्तिले यति धेरै सम्पत्ति जोडेका छन् की अर्बपति मुकेश अब्बानीलाई उछिनेका छन् । मुकेश अब्बानीलाई नै पछि पार्ने कुख्यात अपराधी हुन् पैब्लो एस्कोबार । उनको सम्पत्ति ३० अर्ब डलर रहेको छ, जबकी मुकेश अब्बानीको २१ अर्ब डलर मात्र रहेको छ । विश्वका कुख्यात ९ अपराधीहरुको विवरण यस्ता छन् ।

१. पैब्लो एस्कोबार
पैब्लो एस्कोबार कोलम्वियाका हुन् । ड्रगको तस्करी गर्ने पैब्लोको ३० अर्ब डलर सम्पत्ति रहेको छ । उनी दुनियाका सबैभन्दा धनी अपराधी हुन् ।

२. एमियो कैरिलो फेन्टस्
ड्रग तस्करी, हत्या र फिरौतीबाट यी कुख्यात अपराधीले २५ अर्ब डलर कमाएका छन् । यिनी मेक्सिकोका हुन् ।

३. दाउद इब्राहिम
भारतका दाउद इब्राहिम कुख्यात अपराधी हुन् । यिनको कुल सम्पत्ति ६.७ अर्ब डलर रहेको छ । यिनी भारतका मोस्ट वान्टेड व्यक्ति हुन् । यिनी हत्या फिरौती, तस्करी लगायतमा संलग्न छन् ।

४. ओशोआ ब्रदर्श
यी दाजुभाई कोकिन तस्करीमा संलग्न छन् । यिनीहरुको कुल सम्पत्ति ६ अर्ब डलर रहेको छ । ओशोआ ब्रदर्शमा तीन दाजुभाई संलग्न छन् ।

५. खुन शा
म्यानमारका कुख्यात अपराधी हुन खुन शा । अफिम र हतियारको तस्कर गर्ने यिनको सम्पत्ति ५ अर्ब डलर रहेको छ ।

६. जोसे गोञ्जाले रोड्रिग्ज गाचा
यिनी कोलम्वियाका हुन् । ड्रग तस्करी गर्ने यिनको सम्पत्ति ५ अर्ब डलर रहेको छ ।

७. ओरेजुएला ब्रदर्श
कोलम्वियाका ओरेजुयला ब्रदर्श दाजुभाईको ३ अर्ब डलर सम्पत्ति रहेको छ । यि दाजुभाई कोकिन तस्करीमा संलग्न थिए । हाल जेलमा सजाय कटाइरहेका छन् ।

८. कार्लोस ल्हेडेर
कोलम्वियाका कार्लोसको कुल सम्पत्ति २.७ अर्ब डलर रहेको छ । ड्रग तस्करीमा संलग्न यिनी हाल जेलमा सजाय कटाइरहेका छन् ।

९ क्रिशेल्डा ब्लैको
हत्या र संलग्नमा पुरुष मात्र हैन महिला पनि अग्र स्थानमा छिन् । यिनी कोलम्वियाका हुन् । यिनको सम्पत्ति २ अर्ब डलर रहेको छ । हत्या र तस्करीमा संलग्न यिनलाई कोकिनको माता पनि भन्ने गरिन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *