निर्वाचनमा भाग लिने राजपाको प्रतिबद्धता

  •  
  •  
  •  
  •  
  •  

भद्रपुर, १ जेठ । मधेस केन्द्रित छ राजनीतिक दल एकीकरण भएर बनेको राष्ट्रिय जनता पार्टी नेपाल झापाको नेतृत्वले आफ्ना माग सम्बोधन भए यही जेठ ३१ को स्थानीय तहको चुनावमा सहभागिता जनाउने घोषणा गरेको छ ।

संवाद समूह झापाको संयोजनमा बिर्तामोडमा आज भएको छलफलमा जिल्ला तहका नेताहरुले आफ्नो पार्टीले उठाउँदै आएको माग सम्बोधन भए स्थानीय चुनावमा जाने बताएका हुन् । उनहरुले चुनाव मुलुकका लागि अपरिहार्य छ भन्दै वर्तमान सरकारले मधेस केन्द्रित भावना सम्बोधन गर्ने विश्वाससमेत व्यक्त गरे ।

राजपा झापाका संयोजक सूर्यनारायण गणेशले दलबीच सहमतिको विकल्प नरहेको बताउँदै वर्तमानमा देखिएका समस्या राजनीतिक तवरबाटै समाधान हुनुपर्नेमा जोड दिए । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *