स्पेनिस ला लिगा फुटबलको उपाधि होड थप रोमाञ्चक बन्दै

  •  
  •  
  •  
  •  
  •  

एजेन्सी, स्पेनिस ला लिगा फुटबलको उपाधि होड थप रोमाञ्चक बन्दै गएको छ । आइतबार रातिको खेलमा शीर्ष स्थानका बार्सिलोना र रियल मड्रिड दुवैले प्रभावशाली जित दर्ता गरेपछि उपाधि होड थप रोमाञ्चक बनेको हो ।

घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडले सेभिल्लालाई ४–१ ले हराउँदा बार्सिलोनाले पनि अवे मैदानमा लास पालमसलाई ४–१ ले नै हरायो । दुवै टोलीको अंक ८७ रहेको छ, गोल अन्तरको आधारमा भने बार्सिलोना पहिलो स्थानमा छ । तर बार्सिलोनाले लीगको १ खेल मात्र खेल्न बाँकी छ भने रियल मड्रिडले २ खेल खेल्न बाँकी छ ।

रियलको जितमा क्रिष्टियानो रोनाल्डोले दुई तथा नाचो तथा टोनी क्रसले एक एक गोल गरे । जवाफमा सेभिल्लाका लागि जोभेटिकले ४९ औं मिनेटमा एक गोल फर्काए ।त्यस्तै बार्सिलोनाको लागि नेयमारले ह्याट्रिक गरे भने थप एक गोल लुइस सुवारेजले गरे । लास पालमसको लागि विग्यासले जवाफी एक गोल फर्काएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *