यी हुन् संसारभरका विलाशी र आरामदायी फिल्म हलहरु

  •  
  •  
  •  
  •  
  •  

एजेन्सी, फिल्म मनोरञ्जनको साधन हो । मनोरञ्जन प्राप्त गर्नको लागि मानिसहरु फिल्म हलमा जाने गर्छन् । त्यसैले फिल्म हल आरामदायी होस् भन्ने मानिसको चाहना हुन्छ । हलमा आउने दर्शकको सोही चाहनालाई मध्यनजर गर्दै हल मालिकहरुले पनि सक्दो आरामदायी र विलाशी बनाउने प्रयत्न गर्छन् । दर्शकको चाहना अनुसार नै आरामदायी र विलासी बनाइएका विश्वका फिल्म हलहरु यस्ता छन् ।

१. ओलम्पिया थियटर, ग्रीस
यो विश्वको सबैभन्दा विलासी फिल्म हल हो । यो फिल्म हलमा बस्नको लागि आरामदायी सोफा मात्र होइन, ओच्छ्यान लगाएर सुत्न पनि मिल्छ । सुतेरै फिल्मको आनन्द लिन सकिन्छ ।

२. साई–फाई डाइन–इन थिएटर, ओरल्याण्ड, अमेरिका
यो अमेरिकाको ओरल्याण्डमा बनाइएको छ । यहाँ फिल्म हल मात्र होइन पिकनिक स्पट पनि छ । यसको छत आकाशको तारा चम्किरहेको जस्तो र चन्द्रमा लागिरहेको जस्तो भान हुने बनाइएको छ ।

३. हर्ट ट्युव सिनेमा, लण्डन
यो फिल्म हलमा बाथ टब पनि लगाइएको छ । यहाँ तातो पानीमा नुहाउँदै, ड्रिंक्सको साथमा फिल्म हेर्न सकिन्छ । फिल्म हेर्दै नाच्न तथा गाउनको मजा पनि लिन सकिन्छ ।

४. इलेक्ट्रिक सिनेमा, नटिङ हल, लण्डन
यो थिएटर १९१० मा निर्माण गरिएको हो । यो इंग्ल्याण्डको सबैभन्दा पुरानो फिल्म हल हो । यसमा आरामदायी सिटहरु लगाइएको छ ।

५. सिनेमा सुरलियाउ थिएटर, पेरिस
यो थिएटर अनौठो छ , यो फिल्म हलको सोफाहरु डुंगाको आकारमा बनाइएको छ । यसका साथै फिल्म अनुसार यसको सिट पनि बदलिने गरेको छ ।

६. न्यूपोर्ट अल्ट्रा सिनेमा हल, इंग्ल्याण्ड
यसको भित्री डिजाईन एकदमै आकर्षक छ । यसमा आरामदायी सिट रहेको छ । यो हलमा थ्रीडी फिल्म देखाइन्छ ।

७. फक्स थिएटर, अमेरिका
शाही सजावट भएको यो आलिशान थिएटर अमेरिकाको पुरानो थिएटर हो । यो १९२० मा बनेको हो । यसको भित्री माग एकदमै मनमोहक छ ।

८. ओरिण्डा थिएटर अमेरिका
क्यालिफोर्नियामा रहेको यो फिल्म हल पनि पुरानो फिल्म हल हो । यो पुरानो भएर पनि भव्य रहेको छ । यसको सजावटले पनि फिल्म हेर्ने दर्शकलाई आनन्द दिन्छ ।

९. द ओरेन्ज सिनेमा क्लव, बेइजिङ्ग
यो फिल्म हलमा बस्दा फिल्म हल जस्तो नभई पाँचतारे होटलमा बसेको अनुभव हुन्छ । यहाँको शाही सिटमा बसेर फिल्म हेर्दा अलग अनुभव मिल्छ ।

१०. डोम सिनेमा, न्यूजिल्याण्ड
यो फिल्म हलमा बसेर फिल्म हेर्दा पनि एकदमै आनन्दको महशुश गराउँछ । यो फिल्म हलमा बीन बीग जस्तो आरामदायी सोफाहरु लगाइएको छ । ये हलको तस्वीर र ध्वनीको गुणस्तर पनि एकदमै उत्कृष्ट रहेको छ

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *