साझा पार्टीका रमेश महर्जनले धेरै मत ल्याउँदा कांग्रेसका चिरीबाबुलाई डर

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ३ जेठ । स्थानीय तहको आइतबारको निर्वाचनमा ललितपुर महानगरपालिकामा करिब ७९ हजार मत खसेको छ । डेढ लाख मतदातामध्ये करिब ७९ हजारले मतदान गरे ।

ललितपुर विगतदेखि नै वामपन्थी किल्ला हो । प्रतिनिधिसभा होस् कि पहिलो संविधानसभा निर्वाचनमा पनि कम्युनिस्ट उम्मेदवारले नै ललितपुरबाट निर्वाचन जित्दै आएका थिए । तर, दोस्रो संविधानसभा निर्वाचनमा ललितपुरका तीनवटै क्षेत्रमा कांग्रेस विजयी भयो ।

स्थानीय निर्वाचनमा मत परिणाम हेर्दा कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जनलाई एमालेका मेयर उम्मेदवार हरिकृष्ण महर्जनले चुनौती दिइरहेका छन् । कहिले व्यञ्जनकार अघि हुन्छन् त कहिले महर्जन ।

तर, पछिल्लो मतगणनामा साझा पार्टीका मेयर उम्मेदवारले अप्रत्यासित मत ल्याएका छन् । विगतमा कांग्रेसमै रहेका रमेश महर्जन पछि साझा पार्टीमा प्रवेश गरेका हुन् । उनले अहिले ललितपुरमा कांग्रेस र एमालेका मेयरका उम्मेदवारलाई पछ्याइरहेका छन् ।

महर्जनले ३५ सयभन्दा बढी मत ल्याइसकेका छन् । रमेशले काट्ने भनेकै कांग्रेसको मत हो । जसका कारण कांग्रेसका मेयर उम्मेदवार चिरीबाबु निकै डराएका छन् । यदि रमेश महर्जनले अप्रत्यासित मत नल्याएका भए चिरीबाबु मतअन्तरमा निकै अघिद हुन्थे । कांग्रेसको गढ मानिएका वडाहरूमा रमेशले चिरीबाबुको अत्यधिक मत काट्दै आएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *