पाकिस्तानमा कुकुरलाई मृत्युदण्ड !

  •  
  •  
  •  
  •  
  •  

एजेन्सी, पाकिस्तानको पञ्जाबमा एक बच्चालाई टोक्ने कुकुरलाई मृत्युदण्डको सजाय तोकिएको छ । जियो टिभीका अनुसार पञ्जावको भक्करमा सहायक आयुक्त राजा सलीमले कुकुरलाई मृत्युदण्डको सजाय तोकिदिएका छन् । सलिमका अनुसार मानवीय आधारमा कुकुरलाई यस्तो सजाय सुनाइएको हो ।

‘कुकुरले बच्चालाई घाइते बनायो यसको कारण उसलाई मार्ने पथ्र्यो ।’ सलिमले भनेका छन् । कुकुरका मालिक यस निर्णयप्रति बेखुशी हुँदै अदालत गएका छन् । उनको तर्क छ की पिडित परिवारको सिकायतपछि कुकुरलाई केहि हप्ताको सजाय दिन सकिन्छ, तर मृत्युदण्ड नै भने दिनु उत्तम होइन । यहि तर्क गर्दै उनी आफ्नो कुकुर बचाउको लागि अदालत धाइरहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *