कक्षा ११ को परीक्षा मिति सर्‍यो, अब असार ८ गतेदेखि

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ३ जेठ । स्थानीय तहको निर्वाचनको कारण कक्षा ११ को वार्षिक परीक्षाको मिति फेरि सरेको छ । राष्ट्रिय परीक्षा बोर्डको बुधबार बसेको बैठकले आउँदो असार ८ गतेदेखि कक्षा ११ को वार्षिक परीक्षा गर्ने निर्णय गरेको हो ।

असार १ गतेदेखि गर्ने मितिलाई पर सार्दै बैठकले असार ८ गतेदेखि १८ गतेसम्म परीक्षा गर्ने निर्णय गरेको हो । कक्षा १२ को परीक्षा भने बैशाख २२ गते नै सम्पन्न भइसकेको थियो ।

बोर्डले कक्षा १२ को परीक्षा लगतै कक्षा ११ को वैशाख २४ गतेदेखि जेठ ३ गतेसम्म गर्ने भनेको थियो ।तर, चुनावका कारण असार १ गतेदेखि गर्ने भनिएपनि निर्वाचन दुई चरणमा हुने भएपछि असार ८ गते पुगेको हो ।प्रदेश नम्बर १, २, ५ र ७ मा दोस्रो चरणको स्थानीय तहको निर्वाचन आउँदो जेठ ३१ गते हुँदैछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *