सेल्टा डी भिगोको पोष्टमा रियल मड्रिडको ४ गोल

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ४ जेठ । स्पेनिस ला लिगामा रियल मड्रिडले सेल्टा डी भिगोलाई हराएको छ । लिग अन्तर्गत बुधबार राति भएको खेलमा रियल मड्रिडले सेल्टा डी भिगोलाई ४–१ ले हराएर शीर्ष स्थानमा उक्लिँदै बार्सिलोनासँगको अंक दूरी तीन पुर्‍याएको हो ।

रियलको जितमा क्रिष्टियानो रोनाल्डोले दुई तथा करिम बेन्जिमा र टोनी क्रसले एक एक गोल गरे । ६२ औं मिनेटमा लागो एस्पास दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि १० खेलाडीमा सीमित भएको सेल्टाका लागि गुइडेट्टीले एक गोल फर्काए ।

जितपछि रियल मड्रिड उपाधिबाट अब एक अंक मात्रै पछि छ । लिगको अन्तिम खेलमा बराबरी गरेपनि रियल मड्रिडले उपाधि जित्ने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *