प्रधानमन्त्रीले बोलाए तीन दलीय बैठक, संशोधन फिर्ता लिने कि अघि बढाउने भन्नेबारे छलफल हुने

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस, माओवादी केन्द्र र राप्रपा सम्मिलित तीन दलीय बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा संविधान संशोधन प्रक्रिया अघि बढाउने कि स्थगन गर्ने भन्ने विषयमा छलफल हुने बताइएको छ ।

मधेस केन्द्रित दल राजपा नेपालले संविधान संशोधन नभई दोस्रो चरणको निर्वाचनमा नजाने चेतावनी दिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ दलको बैठक बोलाएका हुन् ।

यदि संशोधन प्रस्ताव पारित हुने अवस्थामा मात्र संसदमा प्रक्रिया अघि बढाउने नत्र पछि लैजाने गरी हाललाई स्थगन गर्ने मनस्थितिमा प्रचण्ड छन् ।

अघिल्लो संसद् बैठकमै संशोधन प्रक्रिया अघि बढाउने तयारीमा सरकार थियो । तर, राप्रपाका १० जना सांसद अनुपस्थित भएपछि तत्काललाई स्थगन गरी संसद् बैठक जेठ ४ गतेसम्मलाई स्थगित गरिएको थियो ।

आजको संसद् बैठकलाई सम्बोधन गर्न लागेका प्रधानमन्त्री प्रचण्डले के भन्छन् भन्ने सबैतिर चासो देखिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *