प्रधानन्यायाधीशविरुद्ध महाअभियोगलाई लिएर कांग्रेसलाई राष्ट्रसंघको कडा चेतावनी, संकटमा देउवा

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ४ जेठ । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसदमा दर्ता महाअभियोग प्रस्तावलाई लिएर संयुक्त राष्ट्रसंघमा छलफल हुने भएको छ । न्यायपालिकाको प्रमुखविरुद्ध तथ्यहीन आरोप लगाएर कांग्रेस–माओवादी केन्द्र गठबन्धन सरकारले संसदमा महाअभियोग दर्ता गरेको भन्दै राष्ट्रसंघको बैठकमा छलफल हुने भएको हो ।

सो विषयमा राष्ट्रसंघले सरकारलाई पत्र पठाए पनि त्यसबारे कुनै तथ्य सार्वजनिक गरिएको छैन । राष्ट्रसंघले प्रधानन्यायाधीश कार्कीविरुद्ध दर्ता महाअभियोग प्रस्ताव फिर्ता लिन आग्रह गर्दै यदि त्यसो नगरिए आगामी बैठकमा छलफल सुरु गर्ने चेतावनी दिएको बताइएको छ ।राष्ट्रसंघले मुलुकको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसलाई महाअभियोग प्रस्ताव फिर्ता लिन ठूलै दबाब दिएको उच्च स्रोतले बताएको छ । राष्ट्रसंघले महाअभियोग प्रस्ताव फिर्ताका लागि कांग्रेसलाई छुट्टै पत्र पठाएको बुझिएको छ । राष्ट्रसंघको सो पत्रका कारण कांग्रेस सभापति शेरबहादुर देउवामा चिन्ता थपिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबारदेखि संसद्को हिउँदे अधिवेशन अन्त्य गरेका छन् । संसद्को अधिवेशन अन्त्यसँगै महाअभियोग प्रस्ताव अलपत्र परेको छ । प्रचण्डले जेठ ८ गते प्रधानमन्त्री पदबाट राजीनामा दिने भएकाले प्रधानन्यायाधीशको महाअभियोगसम्बन्धी प्रस्ताव के गर्ने भन्ने विषय देउवाकै काँधमा आइपर्ने निश्चित छ ।

प्रचण्डले राजीनामा दिएसँगै देउवा प्रधानमन्त्री बन्दै छन् । यदि राष्ट्रसंघमा प्रधानन्यायाधीशविरुद्ध दर्ता महाअभियोग प्रस्तावमाथ छलफल भयो भने त्यसले नेपालको लोकतन्त्रमाथि अझै संकट रहेको भन्ने सन्देश प्रवाह हुने भयले पनि कांग्रेसले संसदको अर्को बैठकमा महाअभियोग प्रस्ताव फिर्ता लिने तयारी भइरहेको स्रोतले बतायो । कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीले न्यायपालिका प्रमुखविरुद्ध महाअधिवेशन दर्ता गर्न नसुहाउने भन्दै फिर्ताका लागि निकै ठूलो दबाब परिरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *