अन्तर्राष्ट्रिय अदालतको निर्णय– पाकिस्तान पराजित भारतको जित !

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ४ जेठ । हेगस्थित अन्तर्राष्ट्रिय अदालतले पाकिस्तानमा भारतीय नागरिक कुलभुषण जाधवलाई सुनाइएको मृत्युदण्डलाई रोक लगाएको छ ।

सुराकी गरेको आरोपमा पक्राउ परेका जाधवलाई मृत्युदण्ड सजाय सुनाइएपछि पाकिस्तान र भारतबीचको सम्बन्धमा थप चिसो मात्रै बढेको थिएन्, राष्ट्रिय प्रतिष्ठाको लडाइँ समेत भइरहेको थियो ।

तर, अन्तर्राष्ट्रिय अदालतले मे ११ दिएको उक्त रोकावटको आदेशले तत्काल जाधवालाई मृत्युदण्ड भने दिइने छैन । अन्तर्राष्ट्रिय अदालतले भनेको छ की जबसम्म उक्त मुद्दाको अन्तिम फैसला आउँदैन तबसम्म फाँसी दिन मिल्दैन ।

भारतीय कुलभुषणलाई पाकिस्तानको सैन्य अदालतले सुराकी गरेको आरोपमा फाँसीको सजाय सुनाएको थियो । जाधवलाई सुनाइएको फाँसीको सजाय रोक्न माग गर्दै भारतले इन्टरनेशनल कोर्ट अफ जस्टिस (आईसीजे)को ढोका ढक्ढकाएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *