किन आज चितवन जाँदैछन् प्रचण्ड ?

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ५ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज चितवन जाँदैछन् । चितवनको रामपुरमा कृषि तथा वन विज्ञान विश्वविद्यालयको केन्द्रीय कार्यालय भवनको समुदघाटनका लागि प्रचण्ड जान लागेको उनको निजी सचिवालयले जनाएको छ ।

विश्वविद्यालय भवन उद्घाटन गर्ने सिलसिलामा भरतपुर महानगरपालिकामा छोरी रेणु दाहालको मत आंकलनका लागि पनि प्रचण्ड चितवन जान लागेका हुन् । प्रचण्डले भरतपुर महानगरको मेयरमा छोरी रेणुलाई निकै प्राथमिकता दिएको देखिन्छ ।

उनले पहिलो चरणको स्थानीय तहको निर्वाचनलगत्तै प्रधानमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका थिए । तर, त्यो मिति जेठ ८ गतेका लागि पु¥याएका छन् । जेठ ८ गतेसम्म छोरीले मेयरमा जित्ने नजित्ने दृश्य देखापरिसक्ने भएकाले पनि उनले पदबाट राजीनामा दिन ढिलाइ गरिरहेको स्रोतले बतायो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *