सुनकोसी गाउँपालिकामा काँग्रेस विजयी

  •  
  •  
  •  
  •  
  •  

चौतारा, ५ जेठ । सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकाको प्रमुखमा नेपाली काँग्रेसका विनोद जिसी चार हजार ३६० मत ल्याई विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का शिवप्रसाद न्यौपानेले तीन हजार ९४४ मत प्राप्त गरेका छन ।

त्यसैगरी, उपप्रमुखमा नेकाका लक्ष्मी पौडेलले चार हजार २०६ मत प्राप्त गरी विजयी भएका  छन । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का देवी अधिकारीले तीन हजार ७८६ मत प्राप्त गरे । विजयी उपप्रमुख पौडेल पत्रकार हुन् ।

सो गाउँपालिका वडा नं १, २, ४ र ६ मा नेकाका उम्मेदवार क्रमशः नेत्रबहादुर कार्की, विष्णु महत, देवेन्द्र खड्का र रामकुमार थापा प्यानलसहित विजयी हुनुभएको छ भने वडा नं ३, ५ र ७ मा नेकपा (एमाले)का क्रमशः रामहरि खड्का, कृष्णबहादुर खड्का र ईश्वर तिमिल्सिना प्यानलसहित विजयी भए । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *