टीकापुरसहितका जघन्य घटनाका दोषिको मुद्दा फिर्ता नहुने– प्रधानमन्त्रीको निजी सचिवालय

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ५ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निजी सचिवालयले कैलालीको टीकापुर लगायतका स्थानमा भएका घटनामा संलग्न जघन्य अपराधका दोषीहरुको मुद्दा फिर्ता नहुने जनाएको छ ।

हालै बसेको मन्त्रिपरिषद्को बैठकले टीकापुरसहित तराई मधेशमा भएका आन्दोलनलाई राजनीतिक आन्दोलनका रुपमा स्वीकार्दै त्यसक्रममा भएका घटनामा लगाइएको मुद्दा फिर्ता लिने निर्णय गरेको भनिएका बेला प्रधानमन्त्री प्रचण्डको निजी सचिवालउले उक्त प्रष्टिकरण दिएको हो ।

बैठकको निर्णयलाई लिएर सञ्चार माध्यमहरुमा आएका समाचारहरुबारे प्रतिक्रिया दिँदै प्रधानमन्त्रीको सचिवालयले जघन्य अपराधका दोषिहरुको मुद्दा लिने सरकारी निर्णयसम्बन्धि प्रकाशित समाचारको खण्डन गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले टीकापुरलगायतका हत्याका घटनामा संलग्न नभएका तर आशंका र पूर्वाग्रहकै आधारमा झुट्टा मुद्दा लगाइएका व्यक्तिहरुका मुद्दा कानुन बमोजिम मिल्ने गरी फिर्ता गर्ने प्रक्रियाको गृहकार्य थाल्न कानुन मन्त्रालयको परामर्शमा गृह मन्त्रालयलाई निर्देशन दिएको थियो ।

बिहीबारको बैठकले तराई–मधेश आन्दोलनलाई राजनीतिक आन्दोलन ठहर गरेको थियो । दोस्रो चरणको स्थानीय तह निर्वाचनको वातावरण बनाउन सरकारले घटनामा असंलग्नहरुमाथि लगाएका झुट्टा मुद्दा कानून बमोजिम फिर्ताको प्रक्रिया थाल्ने निर्णय गरेको थियो । प्रधानमन्त्री सचिवालयले दोस्रो चरणको निर्वाचन बाँकी नै रहेकाले संयमित भएर निर्वाचनको तयारीमा जुट्न समेत सबैमा अपील गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *