टीकापुर हत्याकाण्डका दोषीको मुद्दा फिर्ता लिने निर्णयप्रति कांग्रेस शर्माको असहमति

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ५ जेठ । कैलालीको टीकापुरमा २०७२ भदौमा भएको गोलीकाण्डमा संलग्न दोषीहरूको मुद्दा फिर्ता लिने सरकारको निर्णयप्रति कांग्रेसका युवा नेता विश्वप्रकाश शर्माले चरम असन्तुष्टि जनाएका छन् ।

नेता शर्माले आफूले यस विषयप्रति पार्टी नेतृत्वलाई नै भेटेर असहमति जनाएको जानकारी गराएका छन् । शुक्रबार बिहान नेता शर्माले फेसबुकमार्फत आफ्नो असहमति जाहेर गरेका छन् । उनले टीकापुर गोलीकाण्ड आपराधिक घटना भएको बताएका छन् ।

‘टीकापुर प्रकरण आपराधिक घटना हो । यो या त्यो नाममा क्षमा गर्ने प्रक्रिया अगाडि बढाइन्छ भने खुलेआम असहमति । नेतृृत्वलाई भेटेर पनि असहमति,’ शर्माले भनेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री विमलेन्द्र निधि सुरुदेखि नै सो घटनामा सामेललाई माफी दिने मनस्थितिमा थिए ।

टीकापुर गोलीकाण्डमा एक नाबालक, एक उच्च प्रहरी अधिकृतसहित आठजना मारिएका थिए । थरुहट आन्दोलनमा भएको सो घटनाको मुख्य आरोपी रेशम चौधरी अझै फरार छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *