रुखबाट एक्कासी पानी पर्न थालेपछि…

  •  
  •  
  •  
  •  
  •  

एजेन्सी । भारतको मुजफ्फरपुरको एक गाउँमा अनौठो घटना भएको छ । मुजफ्फरपुर गाइघाटको साठा गाउँमा एक रुखबाट एक्कासी पानी पर्न थालेपछि स्थानीय अचम्ममा परेका छन् ।

रुखको पातबाट एक्कासी पानी खस्न थालेपछि स्थानीयले दैवी चमत्कार ठानेर पुजाआजा गर्न सुरु गरेका छन् । राजा सलहेसको स्थान नजिकै रहेको सो रुखबाट ५ दिन यता लगातार पानीको थोपा झरिरहेको छ ।

स्थानीयले सो रुखको वरिपरी भजन कीर्तन पनि गरिरहेका छन् । बताइएअनुसार सो रुखको आडैमा स्थानीयले मन्दिर बनाउने काम पनि सुरु गर्न लागेका छन् । उनीहरुले सो रुखको दर्शन गर्न आउने मानिसहरुसंग चन्दा संकलनको काम पनि सुरु गरिसकेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *