कांग्रेस–एमालेले आ–आफ्नो पकड क्षेत्र गुमाएका स्थानीय तह

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ५ जेठ । पहिलो चरणअन्तर्गत २८३ स्थानीय तहको निर्वाचनको परिणाम आउने क्रममा छन् । अहिलेसम्म एमालेले अग्रता लिइरहेको छ । संसद्को सबैभन्दा ठूलो दल कांग्रेसले एमालेलाई पछ्याइरहेको छ । तर, २० वर्षपछि भएको स्थानीय निकाय निर्वाचनमा कांग्रेस–एमालेले सोचेअनुरूप परिणाम आएको देखिएको छैन ।

कांग्रेसले औपचारिक रूपमै ‘सोचे जस्तो मत परिणाम नआएको’ प्रतिक्रिया दिइसकेको छ । एमालेले भने परिणाम ‘सन्तोषजनक’ नै भनेको छ । यद्यपि यसपटकको स्थानीय निर्वाचनमा अपवादबाहेक कुनै पनि क्षेत्र कुनै दलको पकडमा रहन सकेन ।

नेकपा माओवादी केन्द्रले भने रुकुम जिल्ला पूरै पकडमा लिएको छ । रुकुमका सबै स्थानीय तह माओवादी केन्द्रको कब्जामा पुगेको छ । कांग्रेस–एमालेका भने त्यस्ता कुनै पनि जिल्ला पूर्ण पकडमा आएको देखिएन ।

कांग्रेसले गोरखा, नवलपरासी, नुवाकोट, तनहुँ, जुम्ला, मुगु जिल्लामा आफ्नो पकड कायम ग¥यो । सधैं गढ जमाएको मनाङ, मुस्ताङ, स्याङ्जा, कास्कीमा कांग्रेसको पकड गुम्न पुग्यो । ती क्षेत्रीमा एमालेले आफ्नो प्रभाव विस्तार गरेको छ ।

एमालेले धादिङ, दोलखा, मनाङ, काभ्रे, मकवानपुर, डोल्पा, चितवनमा पकड कायम ग¥यो । साथै काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा पनि एमालेको प्रभाव बढी नै देखियो ।

यी स्थानमा कांग्रेसले नसोचेको परिणाम आयो

कांग्रेसले निकै आश गरेको बनेपा, टोखा, गैंडाकोट नगरपालिका गुमाएको छ । ती नगरपालिका एमालेको कब्जामा पुगेको छ । बनेपामा सहायकमन्त्रीसमेत रहेका कञ्चनवादे श्रेष्ठको असहयोगकै कारण कांग्रेसका उम्मेदवार हार्न पुगेको कांग्रेस नेताहरूको भनाइ छ । २०५४ सालमा एमालेले ६० प्रतिशत स्थानीय तह कब्जा गर्दा पनि कांग्रेसले बनेपा नगरपालिकामा जित हासिल गरेको थियो ।

यस्तै, नवलपरासीको गैंडाकोट नगरपालिका र टोखा नगरपालिका कांग्रेस महामन्त्री डा.शशांक कोइरालाको निर्वाचन क्षेत्र र गृहनगर हो । दुवैमा कांग्रेस पराजित हुन पुगेको छ । कांग्रेसको पकड मानिएको स्याङ्जाको पुतलीबजार नगरपालिकामा पनि एमालेले जितेको छ । सो नगरपालिका कांग्रेस नेता गोपालमान श्रेष्ठको गृहनगर हो ।

काठमाडौं र पोखरा लेखनाथ महानगरपालिका पनि कांग्रेसले जित्ने सूचीमा राखेको स्थानीय तह हो । तर, यस महानगरमा कांग्रेस एमाले उम्मेदवारभन्दा निकै पछाडि परेका छन् । काठमाडौंमा विवेकशील र साझा पार्टी तथा पोखरा लेखनाथमा माओवादी केन्द्रका मतदाताले असहयोग गर्दा कांग्रेस पछाडि परेको हो ।

कांग्रेसले यसपटक पाँचखाल, रामेछाप नगरपालिका, गोरखा र पालुङटार नगरपालिका, बेनी नगरपालिकामा कांग्रेसले अप्रत्यासित परिणाम हात पारेको छ । कांग्रेसले धेरै आश गरेको बाह्रबिसे नगरपालिका गुमाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *