राजनीतिक आवरणमा अपराधिलाई उन्मुक्तिदिनु कानुनी राज्यको राजको उपहास– कमल थापा

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ५ जेठ । पूर्वप्रधानमन्त्री तथा राप्रपाका अध्यक्ष कमल थापाले राजीतिक आवरणमा अपराधिलाई उन्मुक्तिदिनु कानुनी राज्यको उपहास हुने बताएका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले एक बालक र प्रहरी वरिष्ठ उपरीक्षकसहित आठ जनाको ज्यान जाने गरी भएको निर्मम कैलालीको टीकापुर घटना र मधेश आन्दोलनका क्रममा लगाइएको मुद्दा फिर्ता लिने निर्णय गरेको भनिएको बेला अध्यक्ष थापाले उक्त धारणा सार्वजनिक गरेका हुन् ।

तर, शुक्रबार प्रधानमन्त्रीको निजी सचिवालयले जघन्य अपराधका दोषिलाई उन्मुक्ति दिने निर्णय नभएको प्रष्टिकरण दिएको छ ।

सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै थापाले लेखेका छन्, ‘निर्दोष फस्नु हुंदैन । तर, राजनीतिक आवरणमा जघन्य अपराधमा संलग्नलाई समेत उन्मुक्तिदिनु गैरजिम्मेवारीपूर्ण कार्य । कानुनी राजको उपहास ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *