नेपाली चलचित्रलाई अमेरिकी चलचित्र बजारमा प्रवेश गराउने विषयमा छलफल

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ५ जेठ । नेपाली चलचित्रलाई अमेरिकी चलचित्र बजारमा कसरी प्रवेश गराउन सकिन्छ भन्ने विषयमा छलफल भएको छ ।

अमेरिकी दूतावासको पहलमा शुक्रबार काठमाडौंस्थित नेपाल चलचित्र संघको कार्यालयमा अमेरिकी चलचित्र निर्देशक शालिनी कौन्तेय र नेपाली चलचित्रकर्मीहरु नेपाली चलचित्रलाई हलिउडमा प्रवेश गराउने विषयमा छलफल भएको हो ।

छलफलमा नेपाली चलचित्रलाई अमेरिकी चलचित्र बजारमा कसरी विस्तार गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको संघका अध्यक्ष प्रदिपकुमार उदयले जानकारी दिए ।

कार्यक्रममा नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्ल, चलचित्र निर्देशक समाजका अध्यक्ष सुचित्रा श्रेष्ठ, चलचित्र निर्माता संघका अध्यक्ष प्रकाश अधिकारी, चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटी लगायतको उपस्थीति रहेको थियो ।

त्यस्तै निर्देशक विश्व बस्नेत, उज्वल घिमिरे, केपी पाठक, राजेन्द्र शलभ, यम थापा, कलाकारहरु भुवन चन्द, बसुन्धरा भुसाल, सुनिल थापा लगायतका कलाकारहरु पनि सहभागी थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *