‘हे मोरी’ बोलको गीतको भिडियो लिएर आए ग्लूमी गाइजका वैद्य, भिडियोमा देखियो एलिशा र टंकको दमदार अभिनय

  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । सुजेश वैद्य नेपाली सांगीतिक क्षेत्रका लागी परिचित नाम हो । लामो समयदेखि बेलायतमा बस्दै आएका वैद्य केही वर्षको अन्तरालमा आफ्नो नयाँ गीत ‘हे मोरी’ को भिडियो बजारमा ल्याएका छन् । ग्लूमी गाइज ब्याण्डका गिटारिस्ट एवं भोकलिष्ट वैद्यले एकल रुपमा ‘हे मोरी’ बोलको म्युजिक भिडियो युट्यूबमार्फत सार्वजनिक गरेका छन्।

वैद्यले भिडियोको सम्पुर्ण छांयाकन बेलायतमै गरेका हुन् । बेलायतको केन्द्र ट्रर्फलगर स्क्वायर, टावरब्रिज, वेष्ट मिनिष्टर, लण्डन आई, लगायतका विभिन्न रमणिय स्थलहरुमा छायांकन गरिएको भिडियो निकै मन छुने किसिमको छ । एलिशा वैद्य र टंक धमलाको अभिनयका साथै अर्जुन पाण्डे र आशिष श्रेष्ठ अतिथि कलाकारमा देखिएको भिडियो निर्माणका क्रममा निकै मेहेनत गरेको देखिन्छ । भिडियोमा संचारकर्मी कुशल श्रेष्ठको छायांकन, सम्पादन एवं निर्देशन रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *