काठमाडौं महानगरमा कांग्रेस भन्दा एमाले ५२ सय मतले अगाडि

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ६ जेठ । काठमाडौं महानगरपालिकाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेको अग्रता फराकिलो बनाएको छ ।

४५ हजार मत गनिसक्दा नेकपा एमालेका विद्या सुन्दर शाक्यले १६ हजार ५ सय २९ मत पाएका छन् भने नेपाली कांग्रेसका राजुराज जोशीले ११२९५ मत पाएका छन्।

त्यस्तै तेस्रो स्थानमा रहेकी विवेकशील नेपाली पार्टीकी रञ्जु दर्शनाले ५९४१ मत पाएकी छन्। यस्तै साझा पार्टीका किशोर थापाले ४४२२ मत ल्याएर चौथो स्थानमा छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *