सचिवसहित एमालेका कार्यकर्ता कांग्रेसमा प्रवेश

  •  
  •  
  •  
  •  
  •  

भोजपुर, ६ मंसिर । भोजपुरको साविक कोर्ट गाविसका एमाले सचिव केदार नेपालसहित १३ जना कांग्रेसमा प्रवेश गरेका छन् ।
ट्याम्के गाउँपालिकाको बुधबार भएको चुनावीसभामा एमालेका १३ जना कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन् ।

उनीहरुलाई प्रनिनिधिसभा सदस्य उम्मेदवार तथा कांग्रेस महाधिवेशन प्रतिनिधि उमेशजंग रायमाझी, भोजपुर ‘ख’ प्रदेश सभा सदस्य उम्मेदवार गोविन्द कार्कीले अविर लगाएर स्वागत गर्दै कांग्रेसमा प्रवेश गराएका हुन् ।

यसअघि रामप्रसाद गाउँपालिकाका ५० बढी एमाले कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *