बम राखेको अभियोगमा शिक्षक पक्राउ

  •  
  •  
  •  
  •  
  •  

नुवाकोट, ६ मंसिर । निर्वाचन विरोधी गतिविधिमा लागेको अभियोगमा प्रहरीले शिवपुरी गाँउपालिका–.३ लिखु स्थित महेन्द्र माविका शिक्षक मधुसुदन पौडेललाई नियन्त्रणमा लिएको छ ।

आज अपराह्न पक्राउ परेका पौडेल नेपाल कम्युनिष्ट पार्टी निकट शिक्षक संगठनका जिल्ला नेता रहेको प्रहरीको दाबी छ । शिवपुरी–४ सिक्रेमा आज बिहान काँग्रेस नेता उद्धवबहादुर थापाको घरमा बम राखेको आशंकामा पौडेललाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश भट्टराईले जानकारी दिनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *