गणेश उप्रेती भन्छन्, रहरले कलाकार बनायो, बाध्यताले अमेरिका पुर्‍यायो (भिडियो)

  • 873
  •  
  •  
  •  
  •  
    873
    Shares

अनिल पंगेनी काठमाडौं, १० मंसिर । गणेश उप्रेती कुनै समयका अति व्यस्त र अभिनय क्षमताकै कारण चर्चामा रहने कलाकार । उनी अहिले अमेरिकाको टेक्सास बस्छन् । चितवन घर भएका उनी रहरै रहरमा कलाकार बनेका थिए । तर, रहरले कलाकार बनेका गणेश अभिनित ‘मोहनी’ चलचित्र सुपरहिट भयो ।

www.medianp.com

‘मोहनी’ को सफलतापछि उनले पछि फर्केर हेर्नु परेन । सो चलचित्रका गीत र संवाद सबै हिट भए । त्यसपछि गणेशले फटाफट दर्जन बढी चलचित्र अभिनय गरे । केही टेलिफिल्म पनि अभिनय गरे । तर, विस्तारै उनी ओझेल पर्न थाले । त्यही बेला अमेरिका पुगेका गणेश अहिले वर्षमा एक–दुईचोटि नेपाल आउँछन् ।

नेपालमा फिल्म खेलेर बाँच्न सक्ने अवस्था नरहेको भन्दै अमेरिका पुगेका गणेश अहिले नेपाली चलचित्रले पाएको सफलता र कलाकारको डिमान्ड देख्दा लोभिने गर्छन् । ‘नेपालमै कलाकारले आफ्नो स्ट्यान्डर्ड मेन्टन गर्न सक्ने गरी कमाउन सक्ने अवस्था भएको भए अर्काको देशमा को जान्थ्यो होला र ?,’ उप्रेती भन्छन् ।

अमेरिकाको टेक्सासमा सपरिवार बस्दै आएका गणेश बेलाबखतमा नेपाल आउने र विभिन्न कार्यक्रममा सहभागी हुने गरेको बताउँछन् । दसैं तिहारको बिदा लिएर दुई महिनाका लागि नेपाल आएका बेला मिडिया एनपीसँग उनले लामै कुराकानी गरेका थिए ।

सो क्रममा गणेश उप्रेती अहिलेको नेपाली सिने क्षेत्र सुधारिएको कुराबाट प्रसन्न देखिए । ‘केही कलाकारको आयस्तर र दर्शक डिमान्ड निकै राम्रो छ । अब सोही स्तरीयताको घेरामा अरू कलाकारलाई पनि सामेल गर्न सकेमा नेपाली चलचित्र क्षेत्र निकट भविष्यमै राम्रो स्थानमा पुग्ने विश्वास गर्न सकिन्छ,’ उप्रेतीले भने । आफ्ना छोराछोरी हुर्किसकेको र आफ्नै पेसा व्यवसायमा व्यस्त रहेको बताउने गणेश उप्रेती छिट्टै राम्रो प्रोजेक्टको साथ नेपाल फर्किने सोचमा छन् । जीवनको उत्तराद्र्धमा आफूले राम्रो चलचित्र बनाउने उनले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *