बलिउडमा डेब्यु पूर्व नै दुई फिल्म साइन गर्ने कलाकारहरु

  •  
  •  
  •  
  •  
  •  

एजेन्सी, बलिउडमा हरेक वर्ष कयौं नयाँ कलाकारले डेब्यु गर्ने गर्दछ । बलिउडमा डेब्यु गर्ने कति नव-कलाकारले त निकै संघर्ष गर्नु पर्ने हुन्छ । कति यस्ता भाग्यमानी नव-कलाकार पनि छन् जो डेब्यु फिल्म रिलिज हुनुभन्दा पहिलेनै दोस्रो फिल्मकालागि अनुवन्धित भएका छन् । आज हामी त्यस्तै भग्यमानी कलाकारको वारेमा चर्चा गर्ने छौ जो पहिलो फिल्म रिलिज हुनु पुर्व दोस्रो फिल्मकालागि अनुवन्धित भएका छन्  ।

सारा अली खान

डेब्यू फिल्म : केदारनाथ (अपकमिङ)

अमृता सिंह र सैफ अली खानकी  छोरी सारा हाल आफ्नो पहिलो डेब्यु फिल्म ‘केदारनाथ’मा ब्यस्त रहेकी छन् । एक रिपोर्टका अनुसार सारा नायिका अनुष्का शर्माले निर्माण गर्न लागेकी ‘क्लीन स्लेट’ पनि अनुवन्धित भइसकेको छिन् ।

करण देओल


डेब्यू फिल्म :
 ‘पल पल दिल के पास’ (अपकमिङ)

सनी देओलका छोरा करणको डेब्यू फिल्म ‘पल पल दिल के पास’को शूटिंग चलिरहेको छ । सनी देवलको होम प्रोडक्शनमा निर्माण हुँदै गरेको ‘पल पल दिल के पास’ बहुप्रतिक्षित फिल्म हो ।  कुणाल देशमुखको निर्देशनमा  तयार हुने अर्को एक फिल्ममा अनुवन्धित भइसकेका छन् ।

जायरा वसीम


डेब्यू फिल्म :
 दंगल (2016)

‘दंगल’ फिल्ममा गीता फोगाटको भूमिका निर्वाह गर्ने जयरा वसीमले  अमिर खानकै अर्को फिल्म ‘सीक्रेट सुपरस्टार’ पनि  अनुवन्धित भएकी थिइन् जो केहि समय पहिले रिलिज  भइसकेको छ ।

हर्षवर्धन कपूर


डेब्यू फिल्म :
 मिर्ज्या (2016)

अनिल कपूरका छोरा हर्षवर्धन ‘मिर्ज्या’को सुटिंग  कै समयमा ‘भावेश जोशी’ फिल्ममा अनुवन्धित भएका थिए ।

अर्जुन कपूर


डेब्यू फिल्म :
 इशकजादे (2012)

अर्जुन कपूरले यशराज फिल्मसका लागि एकै पटक ‘इशकजादे’, औरंगजेब र ‘गुंडे’ मा अनुवन्धित भएका थिए  ।

अनुष्का शर्मा


डेब्यू फिल्म :
 रब ने बना दी जोड़ी (2008)

‘रब ने बना दी जोड़ी’बाट बलिउडमा डेब्यु गरेकी अनुष्का शर्माले यशराज फिल्म्स सँग ‘बैंड बाजा बरात’ र ‘लेडीज वर्सेस रिक्की बहल’ का लागि एकै पटक अनुवन्धित  भएकी थिइन् ।

शाहरुख खान


डेब्यू फिल्म :
दीवाना (1992)

बलिउडका किंग शाहरुख खानको पहिलो फिल्म ‘दीवाना’ १९९२ मा रिलिज भएको थियो तर उनको पहिलो फिल्म ‘दिल आशना है’हो धेरै पछि रिलिज भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *