दलाई लामाले बिर्सिए नेपालीको गुन, अभिव्यक्ति सच्याउन ओलीको सुझाव (भिडियोसहित)

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, १० मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बौद्ध धर्म गुरु दलाई लामालाई गौतम बुद्ध, नेपाल र नेपालीकाबारे दिएको अभिव्यक्ति सच्याउन सुझाव दिएका छन् ।

काठमाडौंमा आइतबार आयोजित कार्यक्रममा ओलीले नेपालीले लगाएको गुन बिर्सिएर लामाले ‘गौतम बुद्ध भारतमा जन्मेको’ अभिव्यक्ति दिएको बताए । हालै लामाले बुद्ध भारतमा जन्मिएको र भारतीय नै रहेको तर बेबकुफ नेपाली बुद्ध नेपालमा जन्मिएको हल्ला गर्ने गरेका अभिव्यक्ति दिएका थिए ।

अध्उक्ष ओलीले भने ‘ लामा नेपालीले लगाएको गुन बिर्सेर, नेपालको राष्ट्रियतामा धक्का दिनुभयो ।’ दलाई लामा उक्त अभिव्यक्ति आउनु अन्तर्राष्ट्रिय षड्यन्त्रको रुपमा चित्रण गरेको उनले भने, ‘यसमा अन्तर्राष्ट्रिय षड्यन्त्र लुकेको छ, कोचले सिकाएर उनले त्यस्तो बोलेका हुन् ।’

एक अर्काे प्रसङ्गमा अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्रीको कुर्सीमा मात्रै बसेकोले असली प्रधानमन्त्री बन्न नसकेको टिप्पणी गरे । उनले भने, ‘उहाँ (प्रधानमन्त्री) देउवाजी अहिले प्रधानमन्त्रीको कुर्सीमात्रै बस्नुभएको छ, ड्राईभरको कुर्सीमा बस्दैमा ड्राईभर बनिँदैन र यसको लागि त लाईसेन्स लिनुपर्छ।’

उनले अघि भने,‘एमाले दल चुनाव लड्ने र सरकार बनाउने काममा मात्र सीमित नरही राष्ट्रिय स्वाधीनताको संरक्षण र जनताको स्वाभिमानलाई उँचो राख्न पनि प्रतिबद्ध छ ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *