नेपालको शानदार जित, हङकङ ३६ रनले पराजित

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ११ मंसिर । आइसीसी महिला विश्व टी–२० एसिया छनोट प्रतियोगितामा नेपालले सोमबार शानदार जित निकालेको छ ।

तर, नेपालको छनौट सम्भावना भने सकिसकेको छ । तेस्रो स्थानको प्ले अफमा नेपालले घरेलु राष्ट्र हङकङलाई ३६ रनले पराजित गरेको हो । यो जितसँगै नेपालले तेस्रो स्थान हात पारेको छ ।

नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याएको हङकङ १ बल खेल्न बाँकी छँदा ५८ रनमा अलआउट भयो। हङकङलाई सस्तैमा समेट्ेन क्रममा नेपालकी करुणा भण्डारीले ३ विकेट लिइन्।

शवनम राई, सीता रानामगर, ऋतु कनौजिया र नेरी थापाले १–१ विकेट हात पारे। नेपालले हङकङका ३ ब्याट्सवुमेनले रनआउटको सिकार बनायो। हङकङका लागि चाउ सान हारले १३ रन जोडेपनि अरु खेलाडीले दोहोरो अंक हात पार्न सकेनन् ।

यसअघि थाइल्यान्डको टेडथाई मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ५ विकेटको क्षतिमा ९४ रन जोड्यो। नेपालका लागि नेरी थापाले ३८, करुणा भण्डारीले नटआउट १४ तथा कप्तान रुबिना क्षेत्री बेलबासेले नटआउट १५ रनको योगदान गरिन्।

बलिङतर्फ हङकङकी मारिको हिल र मारिना लापलगले २–२ विकेट लिए। प्रतियोगिताबाट युएई र थाइल्यान्ड छनोट भएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments