गुल्मीमा कांग्रेसको चुनावी गाडीलाई लक्षित गर्दै बम विस्फोट

  •  
  •  
  •  
  •  
  •  

गुल्मी, ११ मंसिर । गुल्मीमा कांग्रेसको चुनावी गाडीलाई लक्षित गर्दै बम विस्फोट भएको छ । सोमबार बिहान गुल्मीको मुसिकोट नगरपालिका–१ नेटामा चुनावी गाडीलाई लक्षित गरी बम बिस्फोट गरिएको हो ।

जिपमा कांग्रेस जिल्ला सचिव खिलध्वज पन्थी र भगत खड्का थिए । प्रहरीले कुनै मानवीय क्षति नभएको जानकारी दिएको छ ।

गुल्मीमा दोस्रो चरणअन्तर्गत मंसिर २१ गते निर्वाचन हुँदैछ । गुल्मी १ मा कांग्रेसबाट चन्द्र भण्डारी र एमालेबाट प्रदीप ज्ञवाली र गुल्मी २ मा कांग्रेसबाट चन्द्र केसी तथा एमालेबाट गोकर्ण विष्ट चुनाव लडेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *