तेस्रो काठमाडौं सर्ट फिल्म फेष्टा आउँदो पुसमा

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ११ मंसिर । तेस्रो काठमाडौं सर्ट फिल्म फेष्टा — २०१७ आउँदो पुसमा हुने भएको छ । आयोजक संस्था छायाँछवि क्रिएशनका अध्यक्ष शान्तिप्रियले विज्ञप्ति जारी गरेर दिएको जानकारीअनुसार सर्ट फिल्म मेकरहरुलाई प्रोत्साहित र राम्राभन्दा राम्रा सर्ट फिल्म निर्माण हुन् भन्ने उद्देश्यका साथ आउँदो पुसमा तेस्रो काठमाडौं सर्ट फिल्म फेष्टा — २०१७ आयोजना गर्न लागिएको हो ।

यो फेस्टामा बृत्तचित्र, चलचित्र, कार्टुन÷एनिमेशन चलचित्रले भाग लिन पाउने छन् । सम्बन्धित चलचित्रको लम्बाई भने ३ मिनट देखि ४५ मिनट भित्रको हुनु पर्ने जनाइएको छ । फेस्टामा सहभागी हुनका लागि छायाँछबि क्रियशनको कार्यालय डिल्लीबजारमा मंसिर १५ सम्म लघु चलचित्र दर्ता गर्नु पर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

काठमाडौं सर्ट फिल्म फेस्टा–२०१७ मा सहभागी सर्ट फिल्मले प्रथम, द्वितीय, तृतीय पुरस्कार प्राप्त गर्ने छन् । यस्तै ‘बेस्ट फिक्सन सर्ट फिल्म’, ‘बेस्ट डकुमेन्ट्री सर्ट फिल्म’, ‘बेस्ट एनिमेशन सर्ट फिल्म’, ‘जुरी अवार्ड’, इनकरेजमेन्ट अवार्ड र ‘पब्लिक च्वाईस अवार्ड’ सहीत केहि विधामा नगद सहित अवार्ड प्रदान गरिने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments