सिटौलाको पहलमा मेची अञ्चल अस्पतालमा सवा ३० करोडको भवन बन्दै

  • 663
  •  
  •  
  •  
  •  
    663
    Shares

नेत्रविक्रम बिमली

झापा, १२ मंसिर । नेपाली कांग्रेसका नेता तथा झापा क्षेत्र नम्बर ३ का प्रतिनिसभा सदस्य उम्मेदवार कृष्णप्रसाद सिटौलाको पहलमा मेची अञ्चल अस्पतालमा नयाँ भवन बन्ने भएको छ ।

सो अस्पातको परिसरमै करिब ३० करोड २० लाख रूपैयाँको लागतमा नयाँ भवन बन्न लागेको एक कार्यक्रममा जानकारी दिइयो ।भद्रपुर जेसिसको आयोजनामा मेची अञ्चल अस्पतालसँग गरिएको अन्तरकृया कार्यक्रममा सो जानकारी दिइएको हो ।

मेची अञ्चल अस्पताल व्यवस्थापन समितिका अध्यक्ष राम कट्टेलले अस्पताललाई सेवा सुबिधा सम्पन्न गर्दै लैजान काम भैरहेको र ३० करोड २० लाखको लागतमा नयाँ सेवा सुबिधा सम्पन्न भवन यसै सातादेखि निर्माण सुरु हुने जानकारी दिए । उनकाअनुसार कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको पहलमा उक्त भवन बन्न लागेको हो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पिताम्बर ठाकुरले मेची अञ्चल अस्पताललाई मुलुककै नमुना अस्पतालको रुपमा विकास गर्न बताए । आइसियु, डाइलोसिस, जस्ता सेवा सञ्चालित भइसकेको भन्दै निकट भबिस्यमै बच्चाको आइसियु सञ्चालन गर्न पहल बएको उनले बताए ।

मेची अञ्चल अस्पताललाई मेडिकल कलेजमा रुपान्तरण गर्न मन्त्रिपरिषद्मा फायल अघि बढिसकेको समेत सो कार्यक्रममा जानकारी दिइयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *