लसुन खानुको चमत्कारिक लाभ (भिडियो सहित)

  •  
  •  
  •  
  •  
  •  

लसुन मसला बाली हो । लसुन मसलाको लागि मात्र नभई स्वास्थ्यको दृष्टिकोणले पनि अति नै महत्वपुर्ण छ । लसुनलाई हामी स्वाद बढाउनको साथै आफ्नो शरिरलाई स्वस्थ राख्नको लागि पनि उपयोग गर्न सक्छौँ । लसुनमा म्याग्नेशियम, भिटामिन बी ६, भिटामिन सी, सेलेनियम फाइबर, प्रोटिन, कार्वोहाईड्रेट लगायतका विभिन्न तत्वहरु हुन्छन् । जुन हाम्रो शरिरको लागि अति नै महत्वपूर्ण छ । आज हामी लसुनको गुण र उपयोगिता बारे जानकारी गराउँदैछौँ ।

२८ ग्राम लसुनमा पाईने तत्वहरु
म्याग्नेसियम २३ प्रतिशत
भिटामिन बी६ १७ प्रतिशत
भिटामिन सी १५ प्रतिशत
सेलेनियम ६ प्रतिशत
फाइबर १ ग्राम
प्रोटिन १.८ ग्राम
कार्वोहाईड्रेट ९ ग्राम
लसुनको फाईदा र उपयोग
१. रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
विभिन्न इन्फेक्सनबाट बच्नको लागि लसुनको सेवन गर्नुहोस् । नियमित लसुनको सेवन गर्दा मात्र पनि ६३ प्रतिशत सर्दीको समस्या हटेर जान्छ । यसले शरिरमा रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । शरिरमा रक्त सञ्चार नियमित गराउँछ ।
२. कपाल मजबुत बनाउँछ
कपाल झर्ने समस्या छ भने लसुनको नियमित सेवन गर्नुहोस् । लसुनमा एलिसिन सल्फर लगायतका तत्वहरु हुन्छ जसले कपाल झर्नबाट बचाउँछ । यसका साथै तपाईले कपालमा लगाउने तेलमा लसुन लगाएर उमाल्नुहोस् । त्यो चिसो भएपछि कपालमा लगाउनाले कपाल मजबुत, चम्किलो र लामो हुन्छ ।
३. अनुहार सुन्दर बनाउँछ
लसुनले तपाईको अनुहारमा भएको कालो दागहरु हटाउन मद्धत गर्छ । अनुहारमा रहेको व्याक्टेरियालाई लसुनले हटाउँछ । लसुनको तन्तुलाई अनुहारमा लगाउँदा तपाईको मुहार सुन्दर भएर जान्छ । यसका साथै लसुनको तेल नुहाउनु अगाडि लगाउने गरेमा सुख्खा छाला नरम र चमकदार हुन्छ ।
४. तौल नियन्त्रण गर्छ
लसुनमा भएको तत्वले तपाईको शरिरमा बोसो जम्न दिँदैन र तपाईको तौल कम गराउनमा सहयोग गर्छ । त्यसैले तपाईले आफ्नो भोजनमा लसुनलाई पनि राख्नुहोस् ।
५. कोलेस्ट्रोल नियन्त्रण गर्छ
लसुनले हाम्रो शरिरमा कोलेस्ट्रोल नियन्त्रणमा राख्छ । यसका साथै व्लड सुगर हुन दिँदैन । डायविटिज नियन्त्रण गर्छ ।
६. दाँत दुखाई हटाउँछ
दाँत दुखेको घरैमा उपचार गर्न चाहनुहुन्छ भने लसुनलाई मसिनो गरी पिसेर दुखेको स्थानमा लगाउनाले फाईदा गर्छ ।
७. गर्भको बच्चा तन्दुरुस्त हुन्छ
गर्भवती महिलाले लसुनको सेवन गरेमा पेटमा भएको बच्चा तन्दुरुस्त हुन्छ । हतपत्त रोगले समात्ने मौका पाउँदैन ।
८ खुट्टाको रोग निको बनाउँछ
हामी कहिलेकाँही खाली खुट्टाले पनि हिँड्नुपर्छ । यस्तो बेलामा हाम्रो खुट्टामा विभिन्न रोगको संक्रमण हुन सक्छ । यस्तो भएमा मनतातो पानीमा लसुनको केही केस्रा काटेर लगाउने र त्यहाँ संक्रमण भएको खुट्टा राखेमा फाइदा हुन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *