सबै दलका समानुपातिक मतपत्रमा मत नपर्ने, तीनवटा मतपत्र हुँदा मतदाता झुक्किए

  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ, १५ मंसिर । स्थानीय तहलगत्तै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भएका कारण मतदातामा पर्याप्त मात्रामा मतदाता शिक्षा पुग्न सकेको छैन । प्रतिनिधि चुन्न मत दिने अधिकार प्राप्त मतदातालाई प्रभावकारी रूपमा मतदाता शिक्षा दिनुपर्ने जरुरी भए पनि समय अभाव र ठूल्ठूला निर्वाचन एकैपटक गराउनुपर्ने हुँदा सम्भव नभएको होे ।

दोलखाकी ५८ वर्षीय रमिला थापाले प्रतिनिधिसभा र प्रदेशसभाको उम्मेदवारको मत चिह्नमा छाप लगाउनुभयो तर समानुपातिक मतदान गर्ने चिह्न धेरै भएकाले एउटामा मत दिन छुटाए । ‘तीनवटा मतपत्र थियो, मैले साना साना दुईमा लगाए अनि ठूलो मतपत्रमा एक छाप लगाए,’ उनले भनिन् । प्रतिनिधिसभा वा प्रदेशसभाको समानुपातिक उम्मेदवारलाई भने मत दिन उनले छुटाइन् ।

मतपत्रको चिह्नमा छाप लगाउन राम्ररी ज्ञान नभएकी रमिलालाई जस्तै ४० वर्षीय सुनिता थामीले पनि मतदानका क्रममा समानुपातिक मतपत्रमा छाप लगाउन भुलिन् । ‘रातो रंगको ठूलो मतपत्रमा धेरै चिह्न थिए, माथिको दुई चिह्नमा मात्र छाप लगाएँ,’ उनले आफ्ना साथीलाई सुनाइन् । सुनिताले पनि प्रतिनिधिसभा र प्रदेशसभाका कुनै एक एक उम्मेदवारलाई मत दिनुपर्नेमा माथि नै दुईवटा छाप लगाइछन् ।

मतदान गर्न जाँदा मतदाता शिक्षाको ज्ञान नभएर छाप लगाउँदा बिगार्ने रमिला र सुनिता प्रतिनिधि पात्र मात्र हुन् । यस्तै ज्ञान नभएर कतिले बिगारे होलान् । त्यो मतगणनापछि नै थाहा हुन्छ । निर्वाचनका बेला खेतीपाती भित्र्याउने मौसम भएका कारण पनि मतदाता शिक्षा प्रभावकारी हुन नसकेको देखिन्छ । धान भित्र्याउने चटारोमा लागेका मतदातालाई घरदैलो पुगेका मतदाता शिक्षा दिनेहरूले भेटेर सिकाउने मौका नै पाएनन् ।

निर्वाचन आयोगले पनि अन्तिममा मतपत्र फरक छाप्नुपर्ने भएकाले कात्तिक २८ गतेदेखि मात्र निर्वाचन शिक्षाका लागि टोली खटाएको हुँदा मतदाता शिक्षा दिनका लागि समय पनि कम भएको आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालको भनाइ छ । ‘मतपत्र फरक तरिकाले छाप्नुपर्ने हुँदा समय पनि एकदम कम भएकै हो, पहिलो चरणको १० गतेको निर्वाचनका लागि मतदाता शिक्षा हतारमा दिइएको हो, मतदातालाई राम्ररी सिकाउने समय नै भएन,’ उनको भनाइ छ ।

उनका अनुसार पहिलो चरणको मतदानमा कति प्रतिशत मतपत्र बदर भयो भन्ने कुरा मतगणनापछि मात्र थाहा हुन्छ । प्रतिनिधिसभाको एक हरियो, प्रदेशसभाको एक हरियो र समानुपातिकको रातो मतपत्रमामा माथि र तल एक–एक चिह्न लगाउनुपर्नेमा माथि नै दुईवटा लगाएको भन्ने कुरा आएको छ । त्यसलाई ध्यानमा राखेर आयोगले दोस्रो चरणका निर्वाचनमा दलका नेताहरूलाई मत छाप लगाउने तरिकासमेत सिकाउन जरुरीे छ । बुझेकाहरूले अरूलाई पनि बुझाउनसमेत आयोगले आग्रह गरेको छ ।

आयोगले १९ हजार ८०९ वटै मतदान केन्द्रका प्रत्येक केन्द्रमा एक–एक कर्मचारी मतदाता शिक्षाका लागि खटाएको छ । सञ्चारमाध्यमका साथै कतिपय गैरसरकारी संस्थाले पनि निर्वाचन शिक्षाका लागि सहकार्य गरेका छन् ।

मतदाता शिक्षा अभियान सञ्चालन गरेको नेपाल मतदाता शिक्षा मञ्चका अध्यक्ष भक्त विश्वकर्माले भने, ‘मतदातालाई कतिवटा मतपत्रमा छाप लगाउने, कसरी चिह्न लगाउने भन्ने विषयमा सामूहिक भेला गराएर मतदाता शिक्षा दिएका छौ ।’ उनका अनुसार केन्द्रले एकै ठाउँमा ४०÷५० जना मतदाता जम्मा गरी मतदाता शिक्षा दिने कार्यक्रम सञ्चालन ग¥यो । निर्वाचन शिक्षा अभियान सञ्चालन गरेको प्रत्येक जिल्लामा नमूना मतदान तीन÷चार घण्टा दुई दिनसम्म कार्यक्रमसमेत सञ्चालन गरेको थियो । उक्त केन्द्रले दोलखा, रामेछाप, ओखलढुंगा, धादिङ, काभ्रे, सिन्धुपाल्चोकमा निर्वाचन कार्यक्रम सञ्चालन गरेको थियो ।

आयोगले पनि घरघरमै गएर पनि मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको थियो । खेतीपातीको भित्र्याउने समय भएको हुँदा मतदातालाई पर्याप्त जानकारी गराउन कठिन भयो । स्थानीय तहको निर्वाचनमा बदर मत भएको कुरालाई ध्यानमा राखी दोस्रो चरणका प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचनमा मत बदर हुन नकिन सर्तकता अपाउनुपर्नेमा सम्बद्ध पक्षको जोड छ ।
– कालिका खड्का÷रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *