कपडा पसलमै नाचेपछि आएको कमेन्टबाट पूर्वमिस नेपाल रुवी राणा दुःखी, भन्छिन्, कलामा उमेरको तुलना गरिँदैन

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, १५ मंसिर । पूर्वमिस नेपाल रुवी राणा हिजोआज व्यवसायका साथै राजनीतिमा पनि सक्रिय छिन् । कुपन्डोल कानदेवतास्थानमा ‘रुवीज् कलेक्सन’ खोलेकी उनी बचेको समय ललितपुर ३ की स्वतन्त्र प्रतिनिधिसभा सदस्यकी उम्मेदवार गोमा केसीको चुनावी प्रचार प्रसारमा पनि खटिन्छिन् ।

पसलमै बसेका बेला उनी केही न केही गरिरहन्छिन् । उनी नृत्यको औधि सौखिन हुन् । उनलाई खाली भएको समयमा नाच्न मन परिहाल्छ । जुनसुकै हिन्दी या नेपाली गीतमा नाचेको सेल्फी भिडियो उनले आफ्नो फेसबुकमा राख्ने गरेकी छन् । जसमा उनलाई सकारात्मक नकारात्मक दुवै किसिमका कमेन्ट आउने गरेका छन् ।

तर केही कमेन्टका कारण उनी दुःखी देखिएकी छन् । सो कुरा उनले शुक्रबार बिहान आफ्नो फेसबुकमा उल्लेख गरेकी छन् । ‘उपहार मानेर स्विकार्नु हुन्छ वा धिकार्नु यो हजुरहरूमा भर पर्छ । मैले आफ्नो कलालाई दबाएर राखेकोमा ठूलो पछुतो छ । तर पनि म ढिलो छैन । कतिलाई मेरो हर्कत पच्दैन किनकि मेरो उमेरका उहाँहरूको आमा, सासू, दिदीहरू होलान् । र, मलाई त्यही उमेरसँग दाजेर मनको भडास पोख्ने होलान् । मलाई हजुरहरूको नकारात्मक टीकाटिप्पणी यानि कमेन्टसले फरक पर्दैन किनकि म सकारात्मक सोच मा हिँड्ने व्यक्ति परें,’ उनले लेखेकी छन् ।

उनले अब आफू त्रुटिहरूलाई अंगालेर अघि बढ्ने बताउँदै गाली गर्नेहरू पनि सच्याएर अघि बढ्न भन्दै ‘जो नाच्दछ, उसले कला जानेको हुन्छ । कलामा उमेरको तुलना गरिँदैन’ भनेकी छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *