करिश्मा मानन्धरलाई भोट मागे रमेश उप्रेतीले

  • 2.8K
  •  
  •  
  •  
  •  
    2.8K
    Shares

काठमाडौं, १५ मंसिर । अभिनेता एवं निर्माता रमेश उप्रेतीले नायिका करिश्मा मानन्धरका लागि मत मागेका छन् । उप्रेतीले कला क्षेत्रमा लागेको व्यक्ति जुनसुकै पार्टी वा विचारसँग आबद्ध भए पनि ऊ राष्ट्रकै कलाकार हुने भएकाले नयाँ शक्ति पार्टीबाट समानुपातिक उम्मेदवार बनेकी करिश्मालाई संसदमा ल्याउन भोट मागेका हुन् ।

कलाकार उप्रेतीले शुक्रबार फेसबुकमार्फत सार्वजनिक रूपमै समानुपातिकको मतपत्रको आँखा चुनाव चिन्हमा भोट दिएर करिश्मालाई साथ दिन अनुरोध गरेका छन् ।

‘नेपाली चलचित्र क्षेत्रको सुन्दर सदाबहार नायिका करिश्मा मानन्धर, जति बाहिरी सुन्दरता छ त्यो भन्दा पनि राम्रो मन भएको असल मान्छे हुन् ! कलाकारितामा दुई दशकभन्दा बढीको योगदान सबैलाई अवगतै छ ! हामी कलाकार जुनसुकै विचार सिद्धांत बोके पनि ऊ सधै रास्ट्रको कलाकार नै हुन्छ ! कुनै आफ्नो व्यक्तिगत स्वार्थबिना, मिलनसार, सहयोगी करिश्मा चलचित्र क्षेत्रको प्रतिनिधित्व गर्दै, देशको नीति निर्माण तहमा पुगेर, यो देशको आर्थिक समृद्धिको अभियानमा सरिक हुँदै समग्र कला, संस्कृति, चलचित्र क्षेत्रको समुन्नतिको लागि अघि बढ्नु भएकी हाम्रो आफ्नो कलाकार करिश्मा मानन्धर, नयाँ शक्ति पार्टी नेपालको तपÞर्mबाट समानुपातिक उम्मेदवार भएको हँुदा, पार्टीभन्दा माथि उठेर राम्रो ब्यक्तिलाई भोट गरौं,’ रमेशले लेखेका छन् ।

नयाँ शक्ति पार्टीले समानुपातिकतर्फको बन्दसूचीमा करिश्मालाई पहिलो नम्बरमा राखेको छ । बाबुराम भट्टराईको नयाँ शक्तिले प्रत्यक्षमा एक सिट जितेमा र ३ प्रतिशत थ्रेसहोल्ड कटाएमा राष्ट्रिय पार्टी बन्ने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments