जिम्बाब्वे मन्त्रिपरिषदमा सैन्य अधिकारीलाई महत्वपूर्ण जिम्मेवारी

  • 34
  •  
  •  
  •  
  •  
    34
    Shares

एजेन्सी । सैनिक ‘कू’पछि गठित जिम्बाब्वेको नयाँ मन्त्रिपरिषद्मा सैनिक अधिकारीहरुलाई महत्वपूर्ण जिम्मेवारी दिइएको छ । जिम्बाब्बेका नयाँ राष्ट्रपति एमरसन मनाङगाग्वाले आफ्नो मन्त्रिपरिषद्मा वरिष्ठ सैनिक अधिकारीहरुलाई महत्वपूर्ण जिम्मेवारी दिएका बीबीसीले उल्लेख गरेको छ ।

३७ वर्ष सत्ता चलाएका राष्ट्रपति रोबर्ट मुगाबेले सैनिक कू पछि हालै राष्ट्रपतिबाट राजीनामा दिएका थिए । त्यसपछि एक साता अघि मात्रै राष्ट्रपतिको पद तथा गोपनीयताको शपथग्रहण गरेका मनाङगाग्वाले वायु सेनाका प्रमुख पेरेन्स सेरीलाई भूमि तथा कृषि मन्त्रालयको जिम्मेवारी दिएका छन् । त्यस्तै, नयाँ विदेशमन्त्रीमा सैनिक जर्नेल सिबुसिसो मोयो नियुक्त भएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *