प्रचण्डले भने– प्रचण्डको नामले नेपाल संसारभर चिनिएको छ (भिडियोसहित)

  • 561
  •  
  •  
  •  
  •  
    561
    Shares

काठमाडौं, १५ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो नामले नेपाल संसारभर चिनिएको बताएका छन् ।

एबीसी टेलिभिनजको कार्यक्रम आउटलुकलाई अन्तर्वार्ता दिनेक्रममा अध्यक्ष प्रचण्डले आफ्नो नामले विश्वभर नेपाल चिनिएकाले जनताले आफूलाई भोट दिने विश्वास व्यक्त गरेका हुन् । अन्तर्वार्तामा उनले भनेका छन्, ‘नेपालनै विश्वभरि प्रचण्डका नामबाट चिनिने अवस्थामा जनतालाई आफूलाई भोट नहालेर कसलाई हाल्ने ?’

आउँदो शनिबार प्रसारण हुने सो अन्तर्वार्ताको सार्वजनिक प्रोमोमा एउटै व्यक्ति प्रचण्डबाट विद्रोह, शान्ति र संविधान निर्माण भएको भन्दै आफ्नो नामले नेपाल विश्वभर चिनिएको बताएका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *