विदामा पनि सबै बैंक तथा वित्तिय संस्थाहरु खुल्ने

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, १५ मंसिर । सरकारले शुक्रबार सार्वजनिक विदा दिएपनि केही बैंक तथा वित्तिय संस्थाहरु खुलेका छन् । राष्ट्र बैंकले बिहीबार बैंक तथा वित्तिय संस्थाहरुलाई परिपत्र गर्दै शनिबार र आइतबार सार्वजनिक विदा भएपनि कार्यालय खोलेर सेवा प्रदान गर्न निर्देशन दिएको थियो ।

सोही निर्देशनका आधारमा कतिपय बैंकहरु शुक्रबार पनि खुला रहेका हुन् । चुनावी कार्यक्रमलाई लिएर बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

तर, निर्वाचनका क्रममा खटिने कर्मचारीलाई तलव भत्ता वितरण गर्नुपर्ने लगायतको अवस्थालाई ध्यानमा राखि बैंक तथा वित्तीय संस्थालाई विदाको दिन पनि कारोबार सुचारु गर्न राष्ट्र बैंकले निर्देशन दिएको हो ।

नेपाल राष्ट्र बैंकले बिहीबार बैंक तथा वित्तिय संस्थाहरुलाई परिपत्र गर्दै शनिबार र सार्वजनिक विदा दिने भनिएको आइतबार पनि खुला राख्न निर्देशन जारी गरेको हो ।

यही मंसिर २१ गते दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लामा मंसिर १६ गते शनिबार र १७ गते आइतबार बैंक खोल्न राष्ट्र बैंकले भनेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *