झ्यानाकुटीको फोटो कन्टेस्ट विजेताले पाए ५१ हजार

  • 110
  •  
  •  
  •  
  •  
    110
    Shares

काठमाडौं, १५ मंसिर । नेपाली चलचित्र झ्यानाकुटीको फोटो कन्टेस्ट विजेताले पाए ५१ हजार रुपैयाँ पाएका छन् । ट्रेलर रिलिज गर्दा घोषणा गरिएको फोटो कन्टेस्ट’का विजेतालाई उक्त रकम हस्तान्तरण गरिएको हो ।

काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रममा क्रिष्टिना अधिकारी र सजन ढकाललाई फोटो कन्टेस्टको विजेता घोषणा गर्दै ५१ हजार रुपैयाँ हस्तान्तरण गरिएको हो ।

नोभेम्बर ४ मा क्रिष्टिनाले फेसबुकमा सजनलाई बोकेको तस्वीर पोष्ट गरेकी थिइन् । उनको तस्वीरमा १२ सय भन्दा बढी लाइक प्राप्त भएको थियो भने ’झ्यानाकुटी फोटो कन्टेस्ट’ का लागि राखिएको सम्पूर्ण शर्त पुरा भएको निर्माण टीमले जनाएको छ ।

समारोहमा फिल्मका नायक सौगात मल्ल , नायिका बेनिशा हमाल , निर्देशक सिमोश सुनुवार र लेखक प्रदीप भारद्वाजले चेक हस्तान्तर गरेका थिए ।

यसैबीच दुुई हप्तादेखि चलिरहेको निशा अधिकारीको निर्माणमा तयार भएको चलचित्र ’झ्यानाकुटी’लाई क्रिकेटरले रुचाएका छन् । चलचित्र हेरेपछि आफूहरुलाई मन परेको क्रिकेट खेलाडीहरुले फेसबुक मार्फत प्रतिक्रिया लेखेका हुन् । क्रिकेटर सन्दीप लामिछाने, सागर पुन, सुरज शाक्यसंगै निशाको पति शरद भेषवाकरले फिल्म हेरेका हुन् । चलचित्र झ्यानाकुटी यही मंसिर १ गतेदेखि रिलिज भएको र आजबाट तेस्रो हप्तामा प्रवेश गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *