पद्मावती विवाद संसदीय समितिमा प्रवेश, इतिहासकारको रायमा निर्णय गर्न सुझाव

  • 165
  •  
  •  
  •  
  •  
    165
    Shares

एजेन्सी । बलिउड चलचित्र ‘पद्मावती’को विवाद संसदीय समितिमा प्रवेश गरेको छ । डिसेम्बर १ अर्थात आजबाट प्रदर्शनमा आउने भनिएको सो चलचित्रमा समावेश गरिएको कथालाई लिएर भएको विवादले रोकिएको छ ।

अदालतले प्रदर्शनका लागि बाटो खुला गरेपनि नागरिकको ठूलो जमात विपक्षमा रहेपछि प्रदर्शन रोकिएको ‘पद्मावी’ विवाद संसदीय समितिका प्रवेश गरेको हो ।

संसदीय समितिमा निर्देशक सञ्जय लीला भन्सालीले पद्मावतीकाबारे जानकारी गराएका छन् । चलचित्र पद्मावती प्रसिद्ध सूफी सन्त मलिक मुहम्मद जायसीको रचनामाथि बनेको निर्देशक भन्सालीको प्रष्टीकरण छ ।

संसदीय समिति बैठकमा भारतीय चलचित्र सेन्सर बोर्डका प्रमुख प्रसून जोशीले इतिहासकारहरूको एक विशेष टोलीले पद्मावती हेर्ने र त्यसपछि निर्णय लिइने जानकारी गराए ।

चलचित्र निर्माताहरूले सेन्सर बोर्डसमक्ष निवेदन दिँदा पद्मावती कल्पनामा आधारित हो या ऐतिहासिक घटनासँग जोडिएको हो भनी प्रस्ट रुपमा खुलाउनु पर्ने बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *