प्र​धान​म​न्त्री निवासमा बम बिष्फोट​

  • 255
  •  
  •  
  •  
  •  
    255
    Shares

काठमाडौँ १५ मंसीर ।प्रधानमन्त्री शेरबहादुर देउवा निवास नजिकै बम विष्फोट भएको छ । बम विष्फोटको आवाज आएपछि प्रहरी घटनास्थलतर्फ गएको छ । बम कुन ठाउँमा विष्फोट भएको हो ? भन्ने ठाउँ यकिन नभएको महानगरीय प्रहरी बृत्त वुढानिलकण्ठले जनाएको छ ।

निर्वाचन विरोधी गतिविधि गरिरहेका विभिन्न पार्टी र समूहरुले यस अघि पनि झापास्थित एमाले अध्यक्ष केपी शर्मा ओली निवासमा पनि बम विस्फोट गराएका थिए ।

त्यस्तै, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वअर्थमन्त्री डा. रामशरण महत, पूर्वगृहमन्त्री जनार्दन शर्मा प्रभाकर, पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्त, पूर्वसभामुख ओनसरी घर्ती लगायतलाई पनि लक्षित गरी बम विष्फोट गराइएको छ ।

त्यस्तै निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधिप्रसाद यादवको घरबाट सेनाले बम निस्कृय पारेको थियो । भने, सर्वोच्च अदालत परिसरमै बम भएको हल्लाले इजलास नै अवरुद्ध भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *