बलिउड अभिनेता निल नितिन मुकेश काठमाडौंमा

  •  
  •  
  •  
  •  
  •  
काठमाडौँ १६ मंसीर । बलिउड अभिनेता निल नितिन मुकेश काठमाडौं आएका छन् । क्रिएटो ए टु जेटले शनिवार (आज ) क्लब देजाभुमा आयोजना हुन् लागेको ‘ब्याटल अफ डिजेस्’ मा सहभागी हुन उनि आइपुगेका हुन् ।मुकेश शुक्रवार दिउँसो करीब ४ बजे त्रिभुवन विमानस्थनमा उत्रिएका थिए ।
पहिलो पटक नेपाल  भ्रमणमा आएका मुकेश ३ दिन नेपाल बस्नेछन् । केहि समय पहिले प्रदर्शनमा आएको सुपरहिट फिल्म ‘गोलमाल अगेन’ मा भिलेनको भूमिका निभाएका उनले सन् २००७ मा  ‘जोनी गद्दर’ बाट  बलिउडमा डेब्यु गरेका थिए ।
निल नितिन मुकेश बलिउडका चर्चित गायक मुकेशका नाती हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *