मेवा खानुका १० फाईदाहरु यस्तो छन्

  • 88
  •  
  •  
  •  
  •  
    88
    Shares

मेवा एक पहेँलो रंगको फल हो । मेवामा पर्याप्त मात्रामा भिटामिन ए पाईन्छ । मेवा स्वास्थ्यको लागि जति फाइदाजनक छ सौन्दर्यको लागि पनि उति नै लाभकारी छ । आज हामी मेवाको गुण उपयोग र फाईदाबारे जानकारी दिँदै छौँ ।
सय ग्राम मेवामा पाइने पोषक तत्व

पोटासियम १८२ मिलीग्राम
कार्बोहाईड्रेट ११ ग्राम
सुगर ८ ग्राम
प्रोटिन ०.५ ग्राम
भिटामिन ए १९ प्रतिशत
भिटामिन सी १०१ प्रतिशत
फाईबर १.७ ग्राम
आइरन ७० मिलीग्राम
मेवाको फाईदाहरु
१. कोलेस्ट्रोल कम गराउँछ
मेवाको सेवनले शरिरमा कोलेस्ट्रोल कम गराउँछ । शरिरमा कोलेस्ट्रोलको मात्रा बढि हुनु भनेको हर्ट एट्याक हुनको मुख्य कारण हो । त्यसैले शरिरमा कोलेस्ट्रोलको मात्रा कम गराउन मेवा खान सुरु गर्नुहोस् ।
२. रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
मेवा खाँदा शरिरमा इम्युन सिस्टम मजबुत भएर आउँछ । यसको कारण कुनै पनि रोगले हत्तपत्त समात्न सक्दैन । यसमा पाईने भिटामिन सी ले पनि विभिन्न रोग लाग्नबाट बचाउँछ ।
३. हाडजोर्नी दुख्ने रोगमा आराम
तपाईमा हाड जोर्नी दुख्ने समस्या छ भने तपाई मेवाको नियमित सेवन गर्नुहोस् । यसको नियमित सेवनले हाडजोर्नी दुखार्इृ सम्वन्धी सबै समस्याहरु दूर भएर जान्छन् ।
४. महिनावारी नियमित गराउँछ
महिलाहरुमा नियमित महिनावारी नहुँदा विभिन्न समस्याहरु देखा पर्छन् । यसमा एन्जाईम पाईन्छ जसले महिनावारी हुँदा शरिरमा देखा पर्ने विभिन्न दुखाईहरु कम गराउँछ ।
५. तनाव कम गराउँछ
मेवाको नियमित सेवनले शरिरमा हर्मोन बदल्छ । जसको कारण तनाव कम गराउँछ ।
६. क्यान्सर हुनबाट बचाउँछ
मेवाको नियमित सेवन गर्दा यसमा भएका विभिन्न पोषक तत्वले क्यान्सर जस्तो डरलाग्दो रोग लाग्नबाट पनि बचाउँछ ।
७. कपालको सुरक्षा गर्छ
मेवा छालाको साथै कपालको लागि पनि अति उत्तम छ । मेवाको पेष्ट बनाएर कपालमा लगाउनाले कपाल लामो हुनुका साथै बाक्लो भएर आउँछ ।
८. आँखा तेजिलो बनाउँछ
मेवामा पर्याप्त मात्रामा भिटामिन पाईन्छ । त्यसैले मेवा नियमित सेवन गर्दा आँखा तेजिलो हुन्छ ।
९. मुहार सुन्दर बनाउँछ
मेवाको पेष्ट बनाएर अनुहारमा लगाउनुभयो भने तपाईको अनुहार निकै सुन्दर हुनेछ । त्यसैगरी अनुहारको चाउरीपना पनि हट्छ ।
१०. दाँतको लागि फाइदाजनक
मेवाको सेवनले तपाईको दाँत सम्वन्धी समस्या समेत समाधान गर्छ । तपाईको दाँतबाट रगत आउने समस्या छ भने मेवाको सेवनले सो समस्या हटेर जान्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *