स्ट्रवेरी खानुका ७ फाइदाहरु (भिडियो)

  • 59
  •  
  •  
  •  
  •  
    59
    Shares

स्ट्रवेरी एक प्रकारको फल हो । यो फल बालबच्चाले अत्यधिक मन पराउँछन् । यो एक रसिलो फल हो । दुनियामा यो झण्डै ६ सयको हाराहारीमा यसको प्रजाति पाईन्छ । स्ट्रवेरी खानामा जति मीठो छ, स्वास्थ्यको लागि पनि उति नै फाइदाजनक छ । यसमा भिटामिन, फोलिक एसिड, क्याल्सियम, फस्फोरस, मिनरल्स लगायतका तत्वहरु रहेका हुन्छन् । यो स्वास्थ्यको साथै त्वचाको लागि पनि फाइदाजनक छ । यसले उच्च रक्तचाप रोक्न, हाड मजबुत बताउने लगायतका काम पनि गर्छ । आज हामी स्ट्रेवेरी खाँदाको फाइदाबारे जानकारी गराउँदै छौँ ।

१. उच्च रक्तचाप रोक्छ
स्ट्रवेरीमा पाईने भिटामिन सी ले शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउँछ । यसले उच्च रक्तचाप हुन दिँदैन । रक्तचाप पिडित व्यक्तिको लागि पनि अति फाइदा गर्छ ।
२. क्यान्सर हुन दिँदैन
स्ट्रवेरीमा पाईने फोलिक एसिड तथा भिटामिन सी ले क्यान्सर हुनबाट समेत बचाउँछ । यसले शरीरमा क्यान्सर बन्न सहयोग गर्ने कोशिकालाई नष्ट गराउँछ । साथै रातो रक्तकोष पनि बृद्धि गर्छ ।
३. त्वचा सुन्दर बनाउँछ
स्ट्रवेरीले त्वचा सुन्दर बनाउँछ । ३ वटा स्ट्रवेरीलाई मजाले पिसेर त्यसमा मह मिलाएर करिव १५–२० मिनेट पछि त्वचामा लगाउनुहोस् केही समय पछि हल्का मनतातो पानीले त्वचा सफा गर्नुहोस् ।
४. तौल घटाउँछ
स्ट्रवेरीमा नाइट्रेटको मात्रा हुन्छ । यो रगतमा मिलेर शरीरमा अक्सिजनको प्रवाह नियन्त्रण गर्छ । जसको कारण शरिरको तौल कम गराउनुका साथै मोटोपन घटाउँछ ।
५. हड्डी मजबुत बनाउँछ
स्ट्रवेरीको सेवनले हड्डी मजबुत बनाउँछ । यसमा हुने भिटामिन के, क्याल्सियम, म्याग्नेशियम लगायतका तत्वले गर्भवती महिलाको लागि पनि अति फाइदा गर्छ ।
६. कपाल सुन्दर बनाउँछ
२ वटा स्ट्रवेरीलाई पिसेर नरिवलको तेल र मह मिसाएर आधा घण्टा राख्ने त्यसपछि कपालमा लगाउने, कपालमा लगाएको आधा घण्टा पछि धुनुहोस् । केही हप्तासम्म यसो गर्नाले असर देखिन सुरु गर्छ ।
७. डायविटिजबाट बचाउँछ
स्ट्रवेरी नियमित सेवन गर्दा डायविटिजको विरामीलाई निकै फाइदा गर्छ । नियमित स्ट्रवेरी खानेलाई अन्यको तुलनामा २ गुणा कम डायविटिजको जोखिम हुन्छ ।
८. पेट सम्वन्धि समस्या भएमा
स्ट्रवेरीको नियमित सेवनले पेट सम्वन्धि समस्या दूर भएर जान्छ । यसको सेवनले दाँत मजबुत हुन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *