सावधान ! चर्चित नेपाली नायिकाको नक्कली फेसबुक आइडी बनाएर ह्याक गर्ने प्रवृत्ति बढ्यो

  • 96
  •  
  •  
  •  
  •  
    96
    Shares

काठमाडौं, १७ मंसिर । केही दिनयता सामाजिक सञ्जालमा चर्चित कलाकारको नाममा नक्कली फेसबुक आइडी बनाएर फेसबुक आइडी ह्याक गर्ने प्रवृत्ति बढेको छ । यसको सिकार नेपाली चलचित्रका धेरै कलाकार परेका छन् ।
सुरुमा चर्चित नायिका या मोडलको नाममा फेसबुक आइडी खोलिन्छ । त्यसपछि चर्चित व्यक्तित्वहरूलाई फ्रेन्ड रिक्वेस्ट पठाइन्छ । म्युचुअल फ्रेन्ड बनेपछि च्याटमा कुराकानी सुरु हुन थाल्छ । त्यसपछि उताबाट आफू मोडल भएको र सहयोगको खाँचो भएको भन्दै सहयोग मागिन्छ ।

त्यसपछि उनीहरूले आफ्नो मार्केटिङका लागि भन्दै नयाँ साइटमा गएर आफ्नो नाम र पासवर्ड दिन भनिन्छ । उनीहरूले ‘यो पेजमा क्लिक गर्नुस्, यो मेरो फेमली पेज मार्केटिङको लागि हो, फोटो पनि राखिदिनुस् मोडलिङका लागि हो, प्लिज हेल्प मी’ भन्छन् ।

बुझ्दै नबुझी उनीहरूले भनेअनुसार गर्ने धेरैको फेसबुक आइडी ह्याक भएको छ । तर, त्यसबारे धेरै कलाकारले यो तथ्य सार्वजनिक गरेका छैनन् । नम्रता श्रेष्ठ, अदिती बुढाथोकी, आँचल शर्मा, केकी अधिकारी रेखा थापालगायत चर्चित नायिकाको नाममा नक्कली फेसबुक आइडी बनाएर धेरैलाई यसरी दुःख दिन थालिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *