संघीय समाजवादी फोरमका कार्यकर्ता चढेको जिप दुर्घटना, दुईजनाको मृत्यु

  •  
  •  
  •  
  •  
  •  

गौर, रौतहट, १७ मंसिर । संघीय समाजवादी फोरम नेपालका कार्यकर्ता चढेको जिप गएराति खोलामा खस्दा चालकको मृत्यु भएको छ । बीआर ०१ पिभी ३९३३ भारतीय नम्बर प्लेटको बोलेरो जिप भकुवा खोलामा खस्दा चालक भारतको विहार राज्यको पूर्वीचम्पारनका गोपालराय यादवको घटनास्थलमै मृत्यु भएको हो । उक्त घटनामा सातजना घाइते भएका छन् ।

घाइते दुईजनालाई स्थानीय अस्पतालमा तथा पाँचजनालाई नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्ज लगिएको प्रहरी उपरीक्षक विनोद पोखरेलले जानकारी दिए । रौतहट क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका संघीय समाजवादी फोरम नेपालका उम्मेदवार किरन साहको घरदैलो कार्यक्रम गरेर फर्कदै गर्दा कार्यकर्ता चढेको उक्त जिप दुर्घटनामा परेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *