टर्कीमा तालमुनि भेटियो ३ हजार वर्ष पूरानो महल

  • 961
  •  
  •  
  •  
  •  
    961
    Shares

एजेन्सी, टर्कीको पुरानो एक तालको पिँधमा ३ हजार वर्ष पुरानो शाही महल भेटिएको छ  । सुदुरपूर्वमा रहेको टर्कीको सबैभन्दा ठूलो तालको पिँधमा ३ हजार वर्ष पुरानो पुरातात्विक महल फेला परेको हो ।

ताल नजिकका स्थानिय बासीका अनुसार सयौँ वर्षदेखि सो तलमुनि पुरातात्विक महल रहेको बताउदै आएका थिए । ‘लेक भान’ नामको उक्त तालमा पुरातत्वविदहरुको एक टिमले फलामे युगको मानिएको महल फेला परेको हो । हाल उक्त तालमा गोताखोरहरुको सहयोगमा खोज र अनुशन्धान भईरहेको छ ।

ताल तालको पिँधमा झण्डै एक किलोमिटर स्मारकको क्षेत्रफल फैलिएको र प्रष्ट देखिएको पर्खाल १० देखि १३ फिटसम्म अग्लो रहेको उक्त ताल ३ हजार वर्ष पुरानो युरार्सियन कालको भएको अनुमान पुरातत्वविदहरुले गरेका छन् ।

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *